२०८१ जेष्ठ ३१ गते बिहिवार

लोक नृत्य प्रतियोगिता सम्पन्न



१६ मंसिर, घोराही- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङ शाखाको आयोजनामा आज लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

केन्द्रीय प्याब्सनको आयोजना हरेक वर्ष हुँदै आएको राष्ट्रिय लोक नृत्य प्रतियोगिताका लागि जिल्ला स्तरीय लोक नृत्य छनौट चरणको कार्यक्रम घोराहीस्थित मेचीकाली आवासीय माध्यमिक विद्यालयमा सम्पन्न भएको हो।

प्रतियोगितामा गोरखा मोडेल लमही प्रथम, लिटल एञ्जल राप्ती भालुवाङ द्वितीय र गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले तृतीय स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम र द्वितीय भएका विद्यालयका विद्यार्थी भोलि आइतबार बुटवलमा हुने लुम्बिनी प्रदेश स्तरीय छनौट प्रतियोगितामा सहभागी हुनेछन् । प्रदेशको छनौट चरणबाट प्रथम समूह समूह केन्द्रीय प्याब्सनले आयोजना गर्ने प्रतियोगितामा सहभागी हुनेछन् ।

जिल्लामा उत्कृष्ट भएका तथा सहभागी विद्यार्थी र विद्यालयलाई आगामी पौष २४ गते प्याब्सनको स्थापना दिवसका अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीको अध्यक्षता तथा प्याब्सन केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्याब्सन घोराहीका अध्यक्ष बीरेन्द्र चन्द, मेचीकाली आवासीय माविका अध्यक्ष धर्मबहादुर केसी लगायतले मन्तव्य राख्नुभएको थियो । प्याब्सन दाङका उपाध्यक्ष चक्रबहादुर रावतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्