१६ मंसिर,घोराही – घोराही उपमहानगरपालिकाले कोरोनाबाट परिवार गुमाएका आफन्तलाई आज (बिहिबार) राहत हस्तान्तरण गरेको छ । नगरपालिका भित्र बसोबास गरेका नागरिकलाई राहत बितरण गरिएको हो ।
सो कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले कोभिडका कारण मृत्यु भएका परिवारको घाउमा मलम लगाउने काम गरेको बताउनुभयो । अनेक प्रयत्न गर्दागर्दै पनि आफन्त गुमाउनु परेको पिडामा केही सहयोग मिलोस भनेर राहतको कार्यक्रम राखेको नगर प्रमुख चौधरीले बताउनुभयो ।
घोराही उपमहानगरपालिका भित्रका स्थायी बसोबासीलाई राहत बितरण गरिएको हो । राहतको कार्यक्रम नगर सभाबाट पारित गरिएको थियो । आबश्यक कागजपत्र पुगेका ५६ जना परिवारका सदस्यलाई ५० हजारका दरले चेक हस्तान्तरण गरिएको हो।