१६ मंसिर,दाङ- दाङमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १५ जनाको पिसिआर परिक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो ।
आज कोरोना पुष्टि हुनेमा दंगिशरण गाउँपालिकाका दुई जना महिला र लमही नगरपालिकाका एक जना पुरुष रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
यसैविच आज जिल्लामा चार जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा राप्तीका तीन जना र बबईका एक जना रहेको केन्द्रले जानकारी दिएको छ । अहिले दाङमा कोरोनाका सकृय बिरामी २३ रहेका छन् । उनिहरु मध्य ३ जना आईसियू सहितको उपचारमा रहेका छन् भने २० जना घरमै रहेको केन्द्रले जनाएको छ ।।