स्थानीय तह आएपछि हामीलाई फाईदा के ? यो प्रश्नले मनमा बारम्बार घोच्यो मन थाम्न सकिएन लेख्न मन लाग्यो। अझै कुरा गर्न हो भने घर -घरमा सिहंदरबारको अर्थ के? कस्ता लाई भन्छन् हजुर यो घर -घरमा सिहंदरबार मैले त बुझनै सकिन? साच्चिकै पुगेकै छ त हजुर सोझा सिधा गरिब दुखी जनताको घर -घरमा सिहंदरबार ? अह मलाई त पट्कै चित्त बुझेनन् यस्तैलाई भन्छन् र सिहंदरबार ? घर -घरमा सिहंदरबार आउथ्यो त तीन/चार घण्टा हिडेर खाद्यान्न जुटाउन जानुपर्ने थिएन होला,भोक भोकै बाच्नु पर्ने थिएन होला सम्भावना प्रशस्तै हुदाहुदै जनताहरु अध्यारोमा बस्नुपर्ने बाध्यता हुने थिए होला ,फोन गर्नेलाई डाडाकाडा घाम लाग्ने ठाउँ खोज्दै धाउनुपर्ने थिएन होला ,स्कुल /कलेज खोज्दै शहर बजार घुम्नु पर्ने थिएन होला ,कोहि कसैले पनि अस्पतालमा नपुगी अकालमै ज्यान गुमाउनु पर्ने थिएन होला , खासगरि जनताहरुले चाहिएको यिनै सुबिधा होइन र,अनि यी सुबिधा नै नपुगेका ठाउँहरुमा कसरी पुग्ला र हजुरहरुको सिहंदरबार मित्र ?सुन्दा नि अचम्म लाग्छ जहाँ अहिलेसम्म सडक बाटो पुगेकै छैन बिधुत सुबिधा छदैछैन ,इमेल ईन्टरनेटका त कुरै छोडौ फोनले नि काम गर्दैन ,अन्य बिकासको त झन् के कुरा गरौं र मित्र ! स्थानीय तह आयो अब त सबैलाई सुबिधा हुन्छ भन्थेउ त महाराज खै के भयो त हामीलाई त्यस्तो सुबिधा मित्र ?
हिडेर गाउँपालिका आउन ५/६ घन्टा समय लाग्छ ,घर बाटै फोन गरेर केहि कुरा बुझौं भने कर्मचारीको फोन उपलब्ध हुन सकेन भन्छ। एउटा गाउँपालिका कार्यालय त उपयुक्त ठाउँमा राख्न सक्यनौ महाशया अब कसरी गर्ला र जनताहरुले तिम्रो बिश्वबाँस नदेखिन्छन् तिम्रा कर्मचारीहरु सन्तुष्ट , न देखिन्छन् जनताहरु सन्तुष्ट के काम गर्छौ र सबैको मन यसरी दुखाउछौ महाशाय मित्र ?! यो पटक मात्रै हो र तिमिहरुले नेतृत्व गर्न मित्र ! स्थानीय तह भएपछि जे फाईदा भयो तिमीहरूलाई भयो। किनकि तिमीहरुले कमायौ ,तिमीहरू नै रमायौ, तिमीहरूले नै लियौ ठेक्का तिमीहरुले नै हिनामिना गर्छौ ,माथि बाट आएको बजेट जत्तीता, अनि कहाँबाट हुन्छ त जनताहरुलाई सुबिधा, कहाँबाट हुन्छ त हाम्रो बिकास,केहि रोजगार खुले तिम्रै छोराहरुले पाए , केही अवसर आए तिम्रै छोरीबुहारीले खाए जेजे आए तिम्रै नाता गोता इटमित्र, आफन्त जत्तिले पाए! , यो स्थानीय तह तिम्रै निजी कम्पनी हो र महोदय! यही हो त जनताको लागि आएको सिहंदबार लाज मानुपर्न होइन र बोल्न लाई नि महोदय ,हुनत अरु के नै थियो र तिमीहरुको क्षमता, नपढेका थियौ ,न थियोे तिम्रो योग्यता ,न त बनाउन सक्यौं अहिलेसम्म केहि क्षमता, त्यसैले त गर्छौ होला यस्ता अनैतिक कार्यहरू त योग्यता भएकाहरुको अपमान गर्छौ, राम्रोलाई फाल्छौ नराम्रोलाई पाल्छौ र आफ्नो लाई राख्छौं के चिन्छौ र बिचारा राम्रा मान्छेहरु त गरिब दुखिको छोराछोरीलाई साइड लगाउछौ हुनेखाने ठुलाठाली र तिम्रा कार्यकर्ताका छोराछोरीलाई छनोट गर्छौ । बिचारा गरिबको छोराछोरीको मेहनत लाई कहिले बुझेकाछौ। कहिले आउछन महाशय अब तिम्रा सकारात्मक सोच कहिले गर्छौ अब सबैलाई सम्मान ब्यवहार ,कहिले दिन्छौं सबैलाई निश्पक्षपुर्ण न्याय कहिले गर्छौ चौतर्फपुर्ण बिकास तिम्रो आश गर्दागर्दै सबैको भै सक्यो बेहाल कहिल्यै स्थिर हुने भएन हजुर हाम्रो देशको सरकार जय देश जय राजनीति !!