१७ मंसिर । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा चार जना गम्भिर घाइते भएका छन ।नेपालगन्ज बाट रुकुम चौरजाहारी जादै गरेको ना ४ ख ६६,१५ नम्बर यात्रुबाहक बस सल्यान जिल्लाको कुमाख गाउँपालिका २ खारखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । २६ जना सवार रहेको बस दिउसो करिब ४ः२० मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिए।
घाइतेहरुको उद्धारका लागि इलाका प्रहरी कार्यालय रागेचौर र प्रहरी चौकी नेटाबाट प्रहरी खटिएको उनको भनाई छ ।
बस सडक बाट ३० मिटर तल खसेको छ भने थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।