२०८२ बैशाख ९ गते सोमवार

प्लाज्मा थेरापी गरिएका दाङका कोरोना संक्रमितको मृत्यु



१७ म‌ंसिर । दाङका थप एकजना कोरोना संक्रमितको उपचारका क्रममा कोहोलपुरमा मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका ६ का ५६ वर्षीय पुरुषको बुधबार बिहान करिब ५ बजेतिर मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनी यही मंसिर ६ गते प्रिआइसोलेसनमा भर्ना भएका थिए । कोरोना जाँचका क्रममा ७ गते रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पतालको कोभिड १९ आइसोलेसनमा भर्ना भएका थिए ।

उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अक्सिजन थेरापी र प्लाज्मा थेरापीसमेत गरिएको थियो तर बचाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
यससँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्यामात्रै ५२ पुगेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्