२०८१ माघ ४ गते शुक्रवार

दाङमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किदा ५ जना गम्भीर



१६ कात्तिक,घोराही – दाङमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किदा ५ जना गम्भीर घाइते भएको छन् । मंगलबार बिहान साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका १८ दुधरासमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किदा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

रा ३ प ९०६१ नम्बरको मोटरसाइकल र विपरीत दिशा तर्फबाट आउदै गरेको रा १ ह ४९३५ नम्बरको अटो एकआपसमा ठोकिएका हुन् ।

अटो चालक तुलसीपुर उपमहानगरपालिका १७ झिंगै निवासी ३४ वर्षिय राजु नेपाली, रोल्पा रुण्टीगडी गाउँपालिका ६ निवासी २६ वर्षिय नारायण विक, उनकी श्रीमती २३ वर्षिय ढाटी विक, ४ वर्षिय छोरा सुवास विक र मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनी २२ वर्षिय यज्ञ बहादुर देवकोटा गम्भीर घाइते भएका छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।।

प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्