१६ कात्तिक,घोराही- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने घाेषणा गर्नुभएकाे छ ।शाहीले प्रदेशवासीका नाममा सम्बोधन गर्दै सत्ता गठबन्धन दलसँग भएको सम्झौता कार्यान्वयनमा इमान्दार भएर राजीनामा दिएको बताउनुभएकाे हाे ।
शाहीले नयाँ सरकार बनाउनका लागि कांग्रेसलाई समर्थन गर्नेसमेत घोषणा गर्नुभएकाे छ । शाहीले तीन वर्ष ८ महिना प्रदेशकाे मुख्यमन्त्रीकाे हैसियतमा कार्य सञ्चालन गर्नुभयाे ।
गत वैशाखमा शाहीले राखेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदा कांग्रेस र माओवादीबीच ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । कांग्रेससँगकाे सहमति अनुसारनै उहाँले राजीनामा दिनुभएकाे हाे ।
राजीनामा दिनुअघि प्रदेशवासीका नाममा सम्बोधन गर्दै शाहीले आफ्नो सरकारले गरेका कामबारे लामो चर्चा गर्नुभएकाे थियाे ।
कांग्रेसबाट नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सम्भावना कांग्रेस स्राेतले जनाएकाे छ ।