१७ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर २४ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार १५० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ३७ हजार ९९२ जना डिस्चार्ज भएका छन् ।
देशभरका प्रयोगशालाहरुमा हालसम्म १४ लाख ६९ हजार ८१२ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर दुई हजार ११९ जना क्वारेन्टिनमा रहेका छन् ।
यससँगै कुल संक्रमितको संख्या एक लाख ७६ हजार ५०० पुगेको छ ।
शनिबार देशभर दुई हजार ५०८ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार २६४ जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।
आइतबार देशभर दुई हजार ८२४ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार ६२० जना डिस्चार्ज भएका थिए । आइतबार देशभर कोरोना भाइरसको संक्रमणबाट २३ जनाको मृत्यु भएको थियो ।