१७ कार्तिक । कृषि क्षेत्रको प्रबद्र्धन र रोजगारीका लागि दाङमा आलु, प्याज, लसुन र मकैको विषेश उत्पादन कार्यक्रम लागु भएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार चालु आर्थिक बर्षमा दाङका किसानहरुका लागि आलु, प्याज, लसुन र मकैको मिसन कार्यक्रम लागु गरेको हो । यी नगदे बालीको उत्पादनमा किसानलाई आकर्षित गर्नका लागि मिसन कार्यक्रम नै सञ्चालन गरिएको कार्यालयका प्रमुख सन्देश धितालले जानकारी दिनुभएको छ ।
कृषिको प्रबद्र्धन र किसानको आकर्षण बढाउन यस अघि सरकार स्मार्ट कृषि गाउँ कार्यक्रम पनि सञ्चालित छ । आफ्नै खेत बारीमा मेहनत गर्ने र उत्पादनमा बृद्धी ल्याई आर्थिक अबस्थामा सुधार ल्याउने गरी कृषि तथा पशुका कार्यक्रम सरकारले ल्याएको धितालको भनाई छ ।।