१७ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । महिला ११७६ र पुरुष १७५७ जना गरी २९३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्ले २४ घण्टामा ३१५० जना निको हुँदा २४ जनाले ज्यान गुमाएका छन् ।
यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।
हाल देशभर कुल संक्रमित १ लाख ७६ हजार ५०० र निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ जना रहँदा सक्रिय संक्रमित ३७ हजार ५२४ जना रहेका छन् ।
संक्रमितमध्ये २१।२ प्रतिशत सक्रिय संक्रमित रहेका हुन् । यस्तै हालसम्म कुल संक्रमितको ०।६ प्रतिशतले ज्यान गुमाउँदा निको हुनेको प्रतिशत ७८।२ रहेको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार