२०८१ माघ २६ गते शनिवार

रोल्पामा होटल सञ्चालकको हत्या,चार जना किशोर पक्राउ

रोल्पा


१७ कार्तिक –मदिरा सेवन गरी पैसा तिर्ने विषयमा विवाद हुँदा होटल सञ्चालकको हत्या भएको छ । हत्या अभियोगमा रोल्पामा चार जना किशोर पक्राउ परेका छन् । रुन्टीगढी-२ स्थित धौलडाँडामा होटल सञ्चालन गर्दै आएका ६३ वर्षीय दलबहादुर पुनको हत्या अभियोगमा प्रहरीले रुन्टीगढी गाउँपालिकाबाटै ती किशोरहरुलाई नियन्त्रणमा लिएको हो ।
प’क्राउ परेका किशोरहरु मध्ये दुई जना १६ वर्ष, एक जना १७ वर्ष र अर्का एक जना ११ वर्षका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिएका छ्न ।
कात्तिक ११ गते ती किशोरहरुले पुनको होटलमा मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरेको बिल २ हजार ५ सय भएको सुनाउने बित्तिकै वृद्धमाथि कुटपिट गरेर उनीहरु फरार भएको प्रहरीले जनाएको छ ।
वृद्धलाई गम्भीर घाइते बनाएर फरार भएका उनीहरुलाई घरगोठमा फेला पारिएको प्रहरी प्रबक्ता खड्काले बताए । थप अनुसन्धानका लागि कात्तिक १६ गते अदालतबाट म्याद थप गरिएको उनले बताए । पक्राउ परेका किशोरहरुले विद्यालय छाडिसकेका र विगतमा अशान्तिपूर्ण गतिविधिमा संलग्न हुदै आएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।प्रहरीले उनीहरुमाथि कर्तव्य ज्यान सम्बन्धी कसुर अनुसार मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्