२०८१ चैत्र ११ गते सोमवार

घोराही–लमही सडक खण्डमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु



१७ कार्तिक । घोराही–लमही सडक खण्डमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घोराहीबाट लमही जाँदै गरेको ना६ख ६२० नम्बरको ट्रक आइतबार राति घोराही उपमहानगरपालिका–३ स्थित भैंसी बगाउने खोलामा पल्टिँदा चालक बाँकेका ३५ वर्षीय प्रकाश परियारको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–१४ का नवीन केसी र अर्का एक व्यक्ति घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए । नाम–ठेगाना नखुलेका पुरुष गम्भीर घाइते भएको र उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएकोमा त्यहाँबाट पनि बुटवल रिफर गरिएको बैदवारले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्