१७ कात्तिक । साताको दोस्रो दिन सोमबार सुनको मुल्य स्थिर रहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ९५ हजारमा कारोबार भएकोमा सोमबार पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने १० रुपैयाँ बढेर प्रतितोला १२०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार