२०८१ फाल्गुन ४ गते आइतवार

चुनावमा कांग्रेसले गठबन्धन गर्दैन, एक्लै बहुमत ल्याउँछ : गगन थापा



१६ असोज,काठमाडौं –

नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेस गठबन्धन गरेर चुनावमा नजाने बताएका छन्।
काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘कांग्रेसले आगामी निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन। कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमत ल्याउँछ।’

उनले कांग्रेस अहिलेको अवस्थामा चलिरहे जनतालाई भरोसा गर्न नसक्ने उनको भनाइ छ।

नेता थापाले भने, ‘हामी कसैसँग मिलेर चुनावमा जाने होइन। कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्ने होइन। उनीहरू मिले पनि जित्न सक्छौँ। त्यसको लागि हामीले पनि ध्यान दिएर लाग्नुपर्छ।’

अहिलेकै अवस्थामा कांग्रेसले देशको नेतृत्वको गर्न नसक्ने भन्दै पार्टीभित्र शुद्धीकरण आवश्यक भएको उनको भनाइ छ।

प्रकाशित मिति : २०७८ असोज १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्