२०८१ चैत्र ६ गते बुधवार

मोटोपन घटाउदै दाङमा कार्यरत प्रहरी



१८ साउन, दाङ –
दाङमा प्रहरीहरुमा मोटोपनको समस्या देखिन थालेपछि जिल्ला प्रहरी कार्यालय दाङले शारीरिक व्यायम र दैनिक कसरतमा जोड दिएको छ । नयाँ प्रहरी प्रमुखका रुपमा आएको भोलीपल्टबाट एसपी सुरेश काफ्लेले शारीरिक रूपमा मोटा देखिने प्रहरीकै माथिल्लो तहका सुरक्षा अधिकारीदेखि जवान सबैलाई दैनिक दौडाउन सुरू गर्नुभएको हो । आफू जिल्ला आएको भोलिपल्टदेखि नै बिहान दैनिक रूपमा सबैलाई दौडाउन थालेको एसपी काफ्लेले बताउनुुभयो ।

मोटा प्रहरी सबैलाई बिहानको दौड अनिवार्य गरिएको उहाँ बताउनुुभयो । शारीरिक रुपमा चुस्त र छरितो हुनुपर्ने नेपाल प्रहरीका कर्मचारीहरुमा मोटोपन बढ्दै गएकोप्रति संगठनभित्रै चासो र चिन्ता बढेकाले आफैबाट यस्तो सुरु गरेको उहाँको भनाई छ ।

जिल्लाका बिभिन्न स्थानमा कार्यरत मोटा प्रहरीलाई जिल्ला झिकाएर दैनिक दौडाउने योजना रहेको एसपी काफ्लेले बताउनुुभयो । दैनिक अभ्यासले फिट भएपछि ती प्रहरीलाई पुनः सम्बन्धित कार्य क्षेत्रमै खटाइने उहाँले जानकारी दिनुुभयो। केही प्रहरीमा अस्वभाविक मोटोपन देखिएको जसले गर्दा राम्रोसँग हिँड्नपनि नसक्ने अवस्था रहेको एसपी काफ्लले बताउनुुहुन्छ ।

‘जो आँफै राम्रोसँग हिड्न सक्दैनन्, उनीहरुलाई दौडाएर, पिटी खेलाएर फिट पार्ने मेरो योजना हो’- उहाँले भन्नुुभयो । दाङ सरूवा भएर आएको दोस्रो दिनदेखि एसपी दौडिन थालेपछि डिएसपीलगायत सबै शारीरिक रूपमा ‘अनफिट’ प्रहरीहरू दौडिन र व्यायाम गर्न थालेका छन्। डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार ड्यूट्टीमा रहेका प्रहरी बाहेक अरू सबै एक घन्टा दौडिन सुरू गरेका छन् ।।

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्