२०८१ साउन ५ गते शनिवार

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक, कुन विषय कहिले ?



१८ असार, घोराही- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले मंगलबार साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

असार १६ गतेको बोर्डको निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन गर्ने गरेको थियो । परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट बाट डाउनलोड गरी भर्न सकिनेछ ।

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्