२०८१ साउन ५ गते शनिवार

शंकर पोखरेलले खुलाए कांग्रेस-एमाले मिल्नुको कारण



 

१८ असार, काठमाडाैं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख दुई दल मिल्नुको कारण खुलाएका छन् । प्रचण्ड नेतृत्वको सरकार विस्थापित गरेर केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने कांग्रेससँग समझदारीमा हुनुमा निश्चित राजनीतिक उद्देश्य रहेको उनले बताएका हुन् ।

ओली नेतृत्वको राष्ट्रिय सरकारमा अन्य दललाई पनि समावेश गर्ने उनले बताएका छन् । राजनीतिक स्थायित्वको लागि संविधान संशोधन र यसका लागि कानूनसमेत निर्माण गर्ने उनले खुलाएका छन् । ‘राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानूनसमेत निर्माण गर्नेगरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा (एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने’ पोखरेलले सामाजिक संजालमा लेखेका छन् ।

लामो समयको गृहकार्यपछि गएराति एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो ।

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्