२०८१ साउन ५ गते शनिवार

एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिंदै, केपी ओली बालुवाटारमा



१८ असार, काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । नेपाली कांग्रेस र एमाले मिलेर नयां गठबन्धन बनाउने सहमति भएपछि ओली बालुवाटार पुगेका हुन् ।

एमालेका मन्त्रीहरुले आजै राजीनामा दिने तयारी गरेको र प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिन लागेको जानकारी दिन ओली बालुवाटार पुगेको स्रोतले बतायो ।

तर, प्रधानमन्त्री दाहाल भने राजीनामा नदिने बरु संसदमै फेस गर्ने तयारीमा लागेको बुझिएको छ । माओवादीले त्यसबारेमा छलफल गर्न पदाधिकारीको बैठक बोलाइसकेको छ । बैठकले राजीनामाबारे निर्णय गर्ने र त्यसलगत्तै एमाले विनाको सत्ता गठबन्धनको बैठक बोलाउने प्रचण्डको तयारी छ ।

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्