२०८१ फाल्गुन ४ गते आइतवार

‘जुवातास,बेश्यावृती,अबैध उत्खनन जस्ता कार्य न्यूनिकरण हुन्छन्’ : नयाँ डीएसपी अर्याल



१८ असार,घोराही –
भरखरै सरुवा भएर आउनुुभएका ईलाका प्रहरी कार्यालय तुलसीपुरमा डीएसपी श्याम अर्यालले तुलसीपुरको शान्तिसुरक्षाका बारेमा सुझाव लिनुुभएको छ । आज तुलसीपुर क्षेत्रका पत्रकारसँग तुलसीपुरको शान्तिसुरक्षाका बारेमा सुझाव लिनुुभएको हो । । कार्यक्रममा पत्रकाहरूले कसैले दबाब र प्रभावमा नपरी काम गर्न सुझाव दिएका हुन् ।

तुलसीपुर शान्तिसुरक्षाका हिसाबले अतिसंम्बेदनशील भएको भन्दै पत्रकारहरूले कसैको प्रभाव र दबाबमा नपरेर शान्तिशुरक्षामा खटिन अनुरोध गरेका छन् ।

त्यसैगरि डीएसपी अर्यालले तुलसीपुरको शान्तिसुरक्षामा आफु प्रतिबद्ध भएको भन्दै कानुन मिचेर काम गर्ने सबैलाई कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता जनाउनुुभयो ।

उहाँले अपराधीलाई कार्वाही गर्ने प्रहरीको काम भएकाले आफुले त्यसै अनुसार काम गर्ने बताउनुुभयो । डीएसपी अर्यालले तुलसीपुरको मुख्य चुनौती जुवातास,बेश्यावृती,अबैध उत्खनन र लागूऔषध सेवन तथा कारोबार भएको भन्दै त्यसलाई रोक्न कुनै कसुर बाँकी नराख्ने बताउनुुभयो ।

मातहतका चौकीले व्यवसायी बाट पेट्रोल मागेको गुनासो आएको भन्दै आफूले आइन्दा कसैसँग पेट्रोल नमाग्न चौकी इन्चार्जहरूलाई निर्देशन दिएको समेत डीएसपी अर्यालले बताउनुुभयो । उहाँ यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत हुनुहुन्थ्यो।।

प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्