२०८१ असार २ गते शनिवार

“थबाङ बजार” गीत सार्वजनिक (भिडियोसहित)



२० जेठ, घोराही- पत्रकार तथा कलाकार सुबिनराज सेर्पालिको लोकगीत “थबाङ बजार” सार्वजनिक गरिएको छ । सर्जक एवं गायक सुरेश सिएनको शब्द र स्वर रहेको गीतमा सान्ता घर्ती मगरले स्वरमा साथ दिनुभएको छ । जोर बहादुर बुढाको लय रहेको म्युजिक भिडियोमा पत्रकार तथा कलाकार सुबिनराज सेर्पालि र प्रेमसरि बुढाको मुख्य भुमिका रहेको छ ।
भिडियो निर्देशक बिरेन्द्र ओलिको निर्देशन रहेको भिडियोको कोरियोग्राफर बिमला थापा मगर र छायांकन रोजन रोकाले गर्नुभएको हो । दिपक विष्टको सम्पादन रहेको भिडियोमा रुकुम रोल्पा र दाङका अति मनमोहक प्राकृतिक सम्पदा ,पर्यटकीय स्थलहरुका सिनहरुलाई समावेश गरिएको छ।

रोल्पा जिल्लाको थबाङ बजार लागी अत्यन्तै भाव सहित नविनतम सृजनात्मक शब्दकोषले सजिएको छ। भिडियोमा रोधी बसेर गाउँ घरको झल्को आउने गरि मगर ड्रेसमा सजिएर सयौंको संख्यामा लोकगीत प्रेमिहरु देखिनु भएको भने नयाँ प्रतिभाहरुको सामुहिक कोरस नृत्यले गीतलाई उत्कृष्ट बनाएको छ। भिडियोलाई समृद्धि आजाव युट्युब च्यानल र फेस्बुक पेजबाट प्रसारण गरिएको छ ।।

भिडियो हेर्नुहोस…..

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्