२०८१ जेष्ठ ३० गते बुधवार

तारा एयरको पोखरा-जोमसोम उडान एक साता बन्द



१८ जेठ, काठमाडौँ – निजी क्षेत्रको वायु सेवा प्रदायक संस्था तारा एयरलाइन्सले पोखरा(जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

एक साताका लागि पोखरा जोमसोमको उडान बन्द गर्ने निर्णय गरेको हो तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले भने,‘एक सातासम्म पोखरा मुस्ताङ टिकट बन्द गरिएको छ । यस्तै बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन् ।

काठमाडौंबाट ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको प्रवक्त वर्तौलाले जानकारी दिए । उडान गन्तब्यहरूमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम दिने मौसम विभागले जानकारी दिन नसक्दा आजका बसै उडानहरू रद्द भएका हुन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्