२०८१ असार ६ गते बुधवार

दाङमा बसको ठक्करबाट एक जना गम्भीर घाइते



१९ जेठ, घोराही – दाङमा यात्रुवहाक बसले साइकलयात्रीलाई ठक्कर दिदा एक जना गम्भीर घाइते भएका छन् । लमही–४ अर्नवामा भालुवाङदेखि लमही तर्फ आउँदै गरेको लु २ ख ७८५ नम्बरको यात्रुबहाक बसले साइकलयात्रीलाई ठक्कर दिंदा एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते हुनेमा लमही–३ नारायणपुर निवासी ३५ वर्षिय विशाल डांगी रहनुभएको छ । उहाँको लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । त्यस्तै प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।।

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्