२०८१ जेष्ठ ५ गते शनिवार

ड्यूटी सकेर घर फर्किरहेका स्वास्थ्यकर्मीमाथि प्रहरीद्वारा कुटपिट



१९ जेठ, दाङ –
ड्यूटीमा रहेका प्रहरीले विराटनगरमा एक जना स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन्। कोशी अस्पताल विराटनगरमा कार्यरत सिनियर अहेब अशोककुमार राजवंशीमाथि मंगलबार राति ९ बजेतिर चोकमा कुटपिट भएको हो।

राजवंशीले ड्युटी सकेर मधुमारास्थित घर फर्कदै गर्दा प्रहरीले रोकेर देवकोटा चोकनजिक अन्धाधुन्ध लाठी प्रहार गरेको बताउनुुभयो। उहाँको दुवै खुट्टा र पेटमा चोट लागेको छ। मोटरसाइलमा घर जाँदै गर्दा विराटनगरको देवकोटा चोकमा आफूमाथि प्रहरीले अमर्यादित र अमानवीय ढंगले कुटपिट गरेको राजवंशीको गुनासो छ।

कोशी अस्पतालनजिक रहेको सुरक्षा अस्पतालमा उहाँको औषधि पसल पनि छ। स्वास्थ्यकर्मीले परिचयपत्र स्पष्ट देख्ने गरी भिरेर हिँडेको देख्दादेख्दै प्रहरीले कुटपिट गर्नु गलत भएको नेपाल चिकित्सक संघ कोशीका अध्यक्ष डा. फरवार्ड सिलवालले बताउनुुभयो। घटनाका सम्बन्धमा प्रशासन र प्रहरी कार्यालयको ध्यानाकर्षण गरिसकिएको उहाँले बताउनुुभयो ।।

 

 

प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्