२०८१ असोज १९ गते शनिवार

अक्सिजनको स्तर कम हुँदा शरीरले दिन्छ यस्तो संकेत



१९ जेठ, दाङ – कोभिड–१९ बाट संक्रमित हुने सबै बिरामीको शरीरमा अक्सिजनको स्तर कम हुन्छ भन्ने हुँदैन । कोभिडमा ज्वरो, खोकि र स्वाद–गन्ध हराउने जस्ता सामान्य र हल्का लक्षणहरु पनि देखिन्छ ।

यद्यपि कोभिडको क्रममा यदि कुनै व्यक्तिलाई जुनै समयमा सास फेर्न गाह्रो हुन्छ भने उसलाई तुरुन्तै डाक्टरसंग सम्पर्क गरेर अस्पताल भर्ना गर्नु आवश्यक हुन्छ । यदि तपाईं पनि शरीरमा अक्सिजनको स्तर कम हुँदा कस्तो महसुस हुन्छ भन्ने सोच्नु हुन्छ भने निम्न कुरामा ध्यान दिनु पर्छ ।

सास फेर्न गाह्रो

हाइपोक्सिया अथवा कम अक्सिजनको स्तरले सास फेर्न गाह्रो हुने, स्वाँ–स्वाँ हुने जस्ता लक्षण देखिन्छ । जब बिरामीको शरीरमा अक्सिजनको स्तर पर्याप्त हुँदैन, तब उसलाई सामान्य रुपले काम गर्न गाह्रो हुन्छ । यस्तो भयो भने तुरुन्त डाक्टरसंग सम्पर्क गर्नु पर्छ ।

छाती दुख्नु

शरीरमा अक्सिजनको स्तर कम हुँदा छाती दुख्ने र कन्जेशन जस्ता संकेत देखिन सक्छ, जसलाई वेवास्ता गर्नु हुँदैन ।

भ्रम

शरीरमा अक्सिजनको स्तर सामान्य हुनुको अर्थ तपाईं सही र सामान्य तरिकाले काम गर्न सक्नु हुन्छ भन्ने हो, तर जब अक्सिजनको स्तर घट्न थाल्छ, तब भ्रम जस्तो स्थिति पैद्या हुन्छ अथवा कुनै काममा ध्यान केन्द्रित हुन गाह्रो हुन्छ ।

ओठ नीलो हुनु

ओठ नीलो हुनु अथवा रंग परिवर्तन हुनु पनि शरीरमा अक्सिजनको स्तर कम भइरहेको छ भन्ने कुराको संकेत हो । यसलाई स्यानोसिस पनि भनिन्छ । जुन मानिसमा पर्याप्त अक्सीजनको कमी हुन्छ अथवा उनीहरुको शरीरमा अक्सीजन रहित हेमोग्लोबिनको उच्च स्तर हुन्छ उनीहरुको ओठ निलो हुन्छ ।

नाक फरफराउनु

जब शरीरमा अक्सिजनको स्तर कम हुन्छ, तब मानिसले स्वाँ स्वाँ गर्न थाल्छ । यस्तो स्थितिमा नाक फरफराउन थाल्छ । यो संकेतलाई कहिले पनि वेवास्ता गर्नु हुँदैन । हामी जब सास फेर्छौं, तब नासिक मार्गको द्वार बढि खुल्छ भने यो संकेत एउटा व्यक्तिको शरीरमा अक्सिजनको स्तर कम छ र उसले राम्रोसंग सास फेर्न गाह्रो भइरहेको छ भन्ने हुन्छ ।। कलाकर्मीबाट

प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्