२०८१ जेष्ठ ३१ गते बिहिवार

फेरि बढ्यो सुनचाँदीको मूल्य



२० वैशाख, काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य फेरि बढेको छ । मंगलबारको तुलनामा बुधबार ह्वात्तै घटेको सुनको मूल्य बिहीबार घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

महासंघका बिहीबार छापावाल सुनको मूल्य एक लाख ३६ हजार ५ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य एक लाख ३५ हजार ८५० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्यमा उतारचढाव आउँदा चाँदीको मूल्यमा पनि उतारचढाव आएको महासंघले जनाएको छ । मंगलबारको तुलनामा बुधबार घटेको चाँदीको मूल्य बिहीबार भने बढेको छ । बुधबारको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्