१९ बैशाख,घोराही /
आज दाङका १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २ सय जनामा गरिएको स्वाब परिक्षणमा १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिष्ठानमा गरिएको स्वाब परिक्षण गर्दा सबैभन्दा धेरै घोराहीका ८० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तुलसीपुरका ५३ जना, लमही र शन्तिनगरका ४÷४ जनामा संक्रमण देखिएको हो । यस्तै बबई र दंगिशरणका ३÷३ जना र बंगलाचुली र गढवाका २÷२ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार दाङमा अहिले १ हाजार ६ सय ६७ जना सकृय बिरामी छन् । अहिले कोरोना बिषेश अस्पताल बेलझुण्डिमा ५२ जना र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १३ जना बिरामीको उपचार भैरहेको छ । यस्तै बाकी केही जिल्ला बाहिर र होम आईशोलेशनमा बसेका छन् ।।