२०८० फाल्गुन १२ गते शनिवार

घोराही खानेपानी संस्थाको साधारणसभा तथा आठौँ अधिवेशन सम्पन्न




१९ चैत, घोराही-
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २२ औँ साधारणसभा तथा आठौँ अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवीबहादुर डिसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश जलश्रोत, उर्जा तथा सिंचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आज कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले खानेपानी सहज वितरण गर्दै पानीको श्रोत संरक्षण गरेर वातावरण जोगाउन र मानव अस्तित्व टिकाई राख्न सुझाव दिएका छन् ।

घोराही क्षेत्रमा खानेपानी सेवा दिदै आएको सो संस्थाले सबैभन्दा धेरै उपभोक्ता संख्या साढे हजार रहेका छन् । हालसम्म ६१ वटा सामुदायिक धारा, ७ हजार ३ सय ४२ निजि धारागरी ७ हजार ४ सय ३ वटा धारामार्फत सहज खानेपानी सेवा दिदै आएको छ ।

घोराही उपमहानगरपालिकाको वडा नम्बर १४, १५, १६ र १८ मा खानेपानी सेवा बिस्तार गरेको संस्थाले आगामि दिनमा नयाँ प्रविधिमा आधारित दीर्घकालीन रुपमा खानेपानी वितरण गर्ने योजना बनाएको छ । सभामा संस्थाको सांगठनिक प्रतिवेदन सचिव सुमन शर्मा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष ध्रुव केसीले प्रस्तुत गर्नुभयो ।।

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्