१९ चैत, घोराही – मोफसलबाट उदाएका निर्देशक सुदन थापाको निर्देशनमा बनेको चलचित्र ‘झिल्के रिलिज हुने तयारीमा रहेको छ । दंगालीहरुकै लगानीमा दाङकै पर्यटकिय स्थलमा छायांकन गरिएको चलचित्र ‘झिल्के’ यसै साता सार्वजनिक गर्ने तयारी रहेको छ । लामो समय देखि दाङमा रहि चलचित्र निर्देशन गरेका सुदन थापा मोफसलकै उत्कृष्ट युवा निर्देशक हुन् । कलाकारिता ,संचारक्षेत्र ,अभिनय र निदैशनमा रुची राख्ने थापाको यस अगावै गाउँकी साइली,लर्के जोबन,पासा हान्दा भटिएकि केटी जस्ता चलचित्रहरु निर्देशन गरिसकेको छन भने राष्ट्रिय स्तरका चलचित्रमा अभिनय समेत गरेका छन् ।
झिल्केमा ग्रमीण परिवेशको गरीबी र अभाबग्रस्त युवाको जिवनकथालाई कलात्मक ढंगले उठान गरिएको निर्माण पक्षले बताएको छ । चलचित्रमा अभाव र बाध्यताले आफ्ना इच्छा र चाहनालाई कुण्ठीत गर्दै बिदेशिनु परेको युवाको कष्टप्रद जिवनलाई उजागर गर्ने प्रयत्न गरिएको छ । चलचित्रमा बिदेशीएको युवाको सपना र उसको दबित रहेको आकांक्षालाई कारुणीक ढंगले प्रस्तुत गरिएको निर्माण पक्षको दाबी छ ।
थापाको लेखन निर्देशन रहेको चलचित्रमा उनको आफ्नै अभिनय समेत रहेको छ ।
चलचित्रमा पछिल्लो समयकि टिकटक स्टार बनेकी लक्ष्मी थापाको मुख्य भुमिका रहेको छ । यस्तै बालकलाकारको भुमीकामा राजेश पायल राईको सैहोमामा उत्कृष्ट अभिनय गरेकि ११ बर्षीय मिरिद्धीया महराको अभिनय रहेको छ । त्यस्तै नविन डिसी, बाबुराम डिसी, लक्ष्मी थापा र मिरिद्धा महारा र रिता पुनको पनि अभिनय रहेको छ । नुम पन्थी र भेग बहादुर थापाको लगानी रहेको उक्त चलचित्रमा श्री चौधरीको ड्रोन प्रयोग गरिएको छ ।
कम लगानी र अत्याबश्यकीय श्रोत साधनको अभावमा समेत मोफसलबाट सही कथावस्तुको सामाजिक यथार्थता उजागर गर्ने उदेश्यले निर्माण गरिएको उक्त चलचित्र दाङकै भुमीमा छायांकन गरिएको हो । फिल्ममा अन्य कलाकार समेत दाङकै रहेका छन् । दाङलाई फिल्म नगरीकोरुपमा विकास गरि कम बजेट र प्रबिधिको अभाबमा समेत स्तरिय चलचित्र बनाइएको चलचित्र युनिटले बताएको छ । ग्रामीण परिवेशको गरीबी र अभावले आफ्ना सपना पूरा गर्न नसकी परदेशिनु परेको युवाको कथालाई कलात्मक ढंगले उजागर गरिएकाले दर्शकहरुले रुचाउने निर्माण पक्षले अपेक्षा गरेको छ ।
फिल्मको छायांकन लगायत सबै काम सकिएको र यसै साता फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको निर्देशक सुदन थापाले जानकारी दिएका छन् । जिल्लाका रहेका प्रतिभावान कलाकारहरुको कला प्रष्फुटन गर्दै मोफसलमा पनि कलकारिताको भबिस्य छ भन्ने दर्शाउन फिल्म निर्माण गरिएको निर्देशक थापाले बताए ।