२०८१ जेष्ठ ५ गते शनिवार

दाङमा बस दुर्घटना हुदा २ जनाको मृत्यु, दर्जन यात्रु घाइते



२० चैत,घोराही ।
दाङमा बस दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । घोराहीबाट लमही जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रु बस लमही घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परि २ जनाको घटनास्थलमै ज्यान गएको छ भने २९ जना यात्रु घाइते भएकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ज्यान जानेहरुको नाम ठेगाना खुल्न सकेको छैन । आज अपरान्ह करिब साढे पाँच बजे तिर दुर्घटना भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घाइते २९ जनाको लमही अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। घटनाको थप बिवरण आउन बाकी छ ।।

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्