२०८१ चैत्र १० गते आइतवार

पत्रकार महासंघ चुनाव : दाहालको उम्मेद्वारी फिर्ता, पोखरेललाई समर्थन



२० चैत,काठमाडौँ – पत्रकार महासंघको आगामी निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएका रामप्रसाद दाहालले उम्मेदवारी फिर्ता लिएका छन् ।

शुक्रबार उम्मेदवारी फिर्ताको घोषणा गर्दै दाहालले प्रेस युनियन, प्रचण्ड–माधव नेपाल पक्षधर पत्रकारको गठबन्धनका संयुक्त उम्मेदवार विपुल पोखरेललाई समर्थन गर्ने घोषणा गरेका छन् ।

दाहालले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेसँगै महासंघ चुनावमा अध्यक्ष पदमा तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । युनियनल र सेन्टरसहित नेपाल समूहका संयुक्त उम्मेदवार पोखरेलसँगै प्रेस चौतारीकी उम्मेदवार निर्माला शर्मा र स्वतन्त्र उम्मेदवार गजेन्द्र बुढाथोकीबीच प्रतिस्पर्धा हुने भएको हो ।

चौतारीकी उम्मेदवार शर्मालाई जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकाका पत्रकारको समर्थन रहेको छ । महासंघको चुनाव चैत २५ गते हुँदैछ ।अन्नपुर्णपोष्टबाट

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्