२०८० फाल्गुन १८ गते शुक्रवार

टरिगाउँ एयरपोर्टको स्तर वृद्धिका लागि म २० लाख खर्च गर्न तयार छुः अध्यक्ष चालिसे



१८ फागुन,दाङ -तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले टरिगाउँ एयरपार्टको स्तर वृद्धिकालागि व्यक्तिगत रुपमा २० लाख रुपैयाँ खर्च गर्न तयार रहेको बताउनुभयो ।
तर त्यसका लगि सरकारले स्तरवृद्धिका लागि बजेट विनियोजन गर्नुपर्ने सर्त अघि सार्नु भएको छ । राज्यले गर्नुपर्ने कामका लागि नागरिक स्तरबाट चासो र पैसा उठाउनु पर्ने अवस्था आउनु दुःखद भएको बताउँदै अध्यक्ष चालिसेले धावन मार्गको स्तर वृद्धिका लािग आफुहरुको अभियान जारी रहने बताउनुभयो ।

‘यदी हाम्रो मागलाई बेवास्ता गरियो भने हामी काठमाण्डौ जान तयारा छौ । बिहानमा पशुपतिमा भजनकृतन गछौं । दिउँसो पर्यटन मन्त्रालय र माइतीघर मण्डलामा धर्नामा बस्छौ ।’ अध्यक्ष चालिसेले रेडियो प्रकृतिसंगको बिचार मन्थनको बहसमा भन्नुभयो ।

एक घर एक ढुङ्गा, एक व्यक्ति एक रुपैयाँ अभियान संचालन गर्नुभएका अध्यक्ष चालिसेले यो एटा व्यक्तिको मात्रै नभइ आम दंगाली जनताको सरोकारको विषय भएकाले सबैको साथ र सहयोगको आवश्यक रहेको समेत उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्