१८ फागुन । दाङको घोराही उपमहानगरपालिका वडा नं १९ मा रहेको सुन्दर पाँचपोखरी बजार । जहाँबाट उत्तरमा रहेको सेतै हिमालका दृश्यहरु देख्न सकिन्छ । घोराहीबाट करिब करिब ४ घण्टा उकालो चढेपछि भेटिने पाँचपोखरी बजार जहाँ विकास निकासको हिसाबले पछाडि परेको छ । पर्यटकीय गन्तव्य बोकेको पाँचपोखरी अहिले भने सुनसान नै रहेको छ । बजार क्षेत्रको नजिक भए पनि साविक सैघा पाँचपोखरी लगायत वरिपरिका गाउँमा भने अझै पनि धेरै सेवा सुविधाबाट बन्चित रहेका छन ।
साविकको सैघा भौगोलिक विकटताका कारण र यहाँका विभिन्न सरकारवाला निकाय, बुद्धिजिवी, जनप्रतिनिधिहरु लगायतहरुले यहाँको विकासमा खास्सै चासो नदिएको जस्तो पाइन्छ । पर्यटकीय सुन्दरताले भरिपूर्ण पाँचपोखरी बजार साविकको सैघा पुर्वीय क्षेत्रको ठुलो बजार नै मानिन्छ । यहाँ दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नहरु पाइन्छ । केही समय पहिले मात्र पाँचपोखरी बजारसम्म बस आवतजावत गर्छ तर यो नियमित भने चल्दैन । वर्षातको समयमा भने बाढि पहिरोका कारण बाटोमा पहिरो जाने जस्ता समस्याले जान सक्दैन ।
यस्तै पर्यटकीय गन्तव्य बोकेको पाँचपोखरी बजार पछिल्लो समय घट्नै गरेको पाइएको छ । विशेष त यहाँबाट स्वर्गद्धारी दर्शन गर्न भारतीय पर्यटकहरु यो बाटो भएर आउने जाने गर्दछन । यहाँका व्यापारीहरुले पनि आफुले उत्पादन गरेर बेचेवाफत केही आयआर्जन गर्ने गर्दछन । तर कोरोना भाइरसका कारण नेपालमा लकडाउन भए यता भने पर्यटकहरु नआएका कारण र यहाँ प्रसस्त मात्रामा पानी नभएका कारणले पनि अलि व्यवस्थित तरिकाले बजार बस्न नसकेको पाँचपोखरी बजार व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर घर्तिले बताउनुभयो । उहाँले भन्नुभयो यहाँ उपयुक्त मात्रामा विद्युत, खानेपानी भयो भने बजार बढदै जाने बताउनुभयो । अहिले पानी भर्न आधा घण्टाको बाटो हिड्नुपर्ने बताउनुभयो । आवश्यक पुर्वाधारहरुको विकास भएमा पाँचपोखरी बजार पर्यटनको हिसावले निकै रमणीय ठाउँ रहेको त्यहाँ घुम्न जाने पर्यटकहरु बताउछन ।