२०८१ माघ २६ गते शनिवार

दुईवटा ट्रक जुध्दा दुवै चालकको मृत्यु



१८ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

ना ६ ख ३०११ र ना ७ ख ७०२३ नम्बरका ट्रक गएराति १२ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका वडा नं। १५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ७०२३ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिकाका ३५ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।

दुवै चालकको जिल्ला अस्पताल डण्डामा आज बिहान करिब तीन बजेतिर मृत्यु भएको हो ।

दुर्घटनामा दुवै ट्रकका सहचालकहरु घाइते भएका छन् । घाइते हुनेमा तनहुँको बन्दीपुर बस्ने वर्ष १८ का विश्वास शाही र दाङको बबई(६ घर भएका सुन्दर खड्का भनिने घनश्याम खड्का छन् । उनीहरु दुवैको अवस्था गम्भीर रहेको र उपचार गर्न चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको रजहर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्