१९ माघ, घोराही –
घोराही उपमहानगरपालिका वडा नम्बर १४ भित्र रहेका आमा समुहलाई पोषाक वितरण गरिएको छ । वडा स्तरिय सक्षम आमा समुहको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा एउटै रङ्गको पोषाक वितरण गरिएको हो ।
समुहकी अध्यक्ष देवा सेनको अध्यक्षता एवं घोराही १४ वडाध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यतामा पोषाक वितरण गरिएको हो । अध्यक्ष डाँगीले वडाको पहिचान संगै महिला समानताको लागि एउटै रङ्गको पोषाक वितरण गरिएको बताउनुुभयो ।
उहाँले समयको परिर्वतनसँगै महिलाहरु पनि सशक्त हुँदै गएको बताउनुुभएको थियो । महिला अधिकार, महिला सशक्तिकरण र समानता जस्ता विषयहरूलाई वडाले विशेष ध्यानदिदै आएको पनि उहाँले बताउनुुभयो । वडाको २०७८/७९ को विनियोजित बजेटबाट करिव एक लाख मुल्य बराबरको पोषाक वितरण गरिएको हो ।
दोस्रो चरणको कार्यक्रम अन्तरगत मातृशिशु आमा समुह, भगवति आमा समुह, सन्देश आमा समुह, नमुना आमा समुह, हरियाली आमा समुह, मेलमिलाप आमा समुह, पुलचोक आमा समुह लगाएतका महिलाहरुलाई वितरण गरिएको हो । वडा स्तरिय सक्षम आमा समुहकी सल्लाहकार दिलकुमारी बुढामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव भिमकुमारी पुनले गर्नुभएको थियो ।।
।