२०८१ माघ ४ गते शुक्रवार

घोराहीका स्थानीयले ढलानका टुक्रा उठाएर कार्यालयको गेटमै राखिदिए



१९ माघ,दाङ –
घोराहीमा सडकको नालासहित फुटपाट बनाउने जिम्मा पाएका ठेकेदारले समयमै काम नगरेपछि नागरिकले ठेकेदारले भत्काएर सडकमा छोडेका सामग्री लगेर सहरी विकास तथा भवन कार्यालयको गेटमा थुपारी दिएका छन् ।

निर्माणको जिम्मा पाएको ठेकेदारसँगै सम्वन्धीत कार्यालयको लापरवाहीले जनताले दुःख पाएको भन्दै नाला निर्माणका क्रममा निर्माण व्यवसायीले भत्काएर सडकमा अलपत्र पारेका ढलानका सामग्री तथा छड कार्यालयको गेटमा फालेका हुन ।

नाला तथा सडक निर्माण ढिलाई सम्वन्धीत ठाउँका जनताले कति दुःख भोग्नु पर्ने रहेछ भनेर सम्वन्धीत कार्यालयको गेटमै नाला निर्माणका क्रममा भत्काएका सामग्रीहरु राखीदिएको माथिल्लो भरतपुर टोल विकास सस्थाका अध्यक्ष गुरुप्रसाद आचार्यले बताउनुभयो ।

उहाँले निर्माणमा लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्न समेत माग गर्नुभएको छ । सहरी विकास तथा भवन कार्यालयले भने निर्माण व्यवसायीको अटेरीपनाका कारण नालासहितको फुटफाट निर्माणमा समस्या भएको जनाएको छ ।।

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्