२०८१ असोज २३ गते बुधवार

कांग्रेस नेतृ संग्रौलाद्धारा महिला र बालबालिकाहरुसँग भेटघाट



२० माघ,घोराही ।
नेपाली कांग्रेसको नेतृ नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.डीला संग्रौलाले दाङका द्धन्दप्रभावित बालबालिका र हिंसा पिडीत महिलाहरुसँग भेटघाट गर्नुभएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले शिक्षामा लगानी गरेका बालबालिका एवं हिंसापिडीत महिला दिदिबहिनीहरुले सञ्चालन गरेको उद्योगमा आवद्ध महिलाहरुलाई भेटघाट गर्नुभएको हो ।
केन्द्रले शिक्षामा लगानी गरेका बालबालिका एवं हिंसा पिडीत महिलाहरुले सञ्चालन गरेको उद्योग अवलोकन पश्चात नेता संग्रौलाले सामाजिक कार्यमा नेपालम महिला सामुदायिक सेवा केन्द्रले गरेको काम पंशसायोग्य भएको बताउनुभयो । उहाँले ईच्छाशक्ती भएमा सामाजिक रुपान्तरण सम्भव भएको बताउनुभयो । उहाँले महिला शसक्तीकरणकालागी केन्द्रले ठुलो लगानी गरेको भन्दै सरकारलाई चुनौति दिन सक्ने कामहरु गरेको बताउनुभयो । ‘महिलाहरुलाई आत्मनिर्भर बनाउनकालागी यस संस्थाले गरेको काम धेरै नै राम्रो लाग्यो, यसलाई निरन्तरता दिनुहोला’ संग्रौलाले भन्नुभयो– ‘सरकारले गर्न नसकेको काम यस नेपाल महिला सामुदायिकले गरेको छ । यो देखेर म धेरै नै खुसी छु ।’ उहाँले कांग्रेसको राजनिति सामाजिक अभियानमा जोडेर लैजानुपर्ने पनि बताउनुभयो । उहाँले नेपाल महिला सामुदायिक सेवा केन्द्र, केन्द्रद्धारा सञ्चालित हरियो बजार, हिंसापिडीत महिलाहरुले सञ्चालन गरेको होजियारी उद्योगको अवलोकन गर्नुभएको थियो ।

त्यस अवसरमा नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले संस्थाले गरेको कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । केन्द्रका संस्थापक अध्यक्ष विमला योगीले महिला शसक्तीकरणकालागी स्थापना भएको संस्थाले महिलाहरुलाई आत्मनिर्भर बनाउने र बालबालिकाहरुको शिक्षामा विशेष जोड दिएर काम गरिरहेको बताउनुभयो । स्थापना कालदेखी नै महिलाहरुलाई कसरी आत्मनिर्भर बनाउनु भन्ने उद्धेश्यकासाथ केन्द्रले ८ सय बढि बालबालिकाहरुलाई शिक्षामा लगानी गरिरहेको बताउनुभयो । यसका साथै दिगो शान्ति र महिलाहरुलाई उद्यमसँग जोडेर आत्मनिर्भरको मार्गमा अगाडी बढाईरहेको उहाँको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुपबहादुर डाँगी, क्षेत्रीय सचिव बद्रिकुमार खड्का, सहसचिव प्रकाश सुवेदी, प्रदेश क्षेत्रीय सभापति कमल गौतम, महिला संघका केन्द्रिय सदस्य गिरिजादेखी न्यौपाने, महिला संघका जिल्ला अध्यक्ष गोमा रावत लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्