२०८१ चैत्र ६ गते बुधवार

अबैध सम्बन्धबाट जन्मीएको बच्चाको हत्या



२० माघ, दाङ । प्युठान जिल्लाको नौबहिनी गाउँपालिका ५, डाम्रीमा वेवारीसे बच्चा मृत अवस्थामा फेला परेको छ । अभिवाहित रहेकी ३५ वर्षिय स्थानीय सपना थापा मगरले अबैध सम्बन्धबाट बच्चा जन्मिएपछि आफैले बच्चाको हत्या गरी वेवारीसे रुपमा फालेको रहस्य खुलेको हो ।
बच्चा जन्माएर घर नजिकैको जंगलमा फालेको र कुकुरले सव खाइरहेको अवस्थामा भेटिएको थियो । घुडा तल सम्मको भाग कुकुरले खाइसकेको वेवारीसे बच्चा भेटिएपछि डाम्री प्रहरी चौकीका इन्चार्ज हवल्दार धर्मराज थापाको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धानको लागि बच्चाको आमालाई पक्राउ गरेको छ ।

सपनाले स्थानीय एक युवकसँगको सम्बन्धबाट गर्भ रहेको र उसले नस्विकारेपछि बाध्यताले यस्तो गर्नुपरेको बताइन् । प्रहरीले उनलाई सोमवार पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको र सत्य तथ्य चाँडै पत्ता लाग्ने बताएको छ ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्