१८ पुस, घोराही – दाङमा पछिल्लो समय करिब साढे २५ हजार मतदाता थपिएका छन् । फोटो सहितको मतदाता नामावली संकलन जारी रहदा एक महिनाको अबधीमा साढे २५ हजार मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
दाङमा अहिले दैनिक सरदर ५ सय देखी ९ सय जना सम्मको मतदाता नामावलीमा नाम दर्ता हुुदै आएको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुुभएको छ । जिल्लाका ७ गाउँपालिकामा मतदाता नामावली बिषेश कार्यक्रम सञ्चालन गरिएको थियो ।
त्यसैगरी अहिले प्रदेश निर्वाचन कार्यालय घोराही, जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्यालय तुुलसीपुर र लमहीबाट नियमित मतदाता नामावली संकलनको काम भैरहेको छ ।
तर चुनावको मिति घोषणा नुुहदै नागरिकहरु नामावलीमा नाम दर्ता गराउन आतुुर देखिएका छन् । निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा नागरिकहरुको निकै भिड रहेको छ । गाउँ गाउँबाट गाडी रिजर्ब गरेर नागरिकहरु नाम दर्ता गराउन आएका छन् ।।