१८ पुुस, घोराही – दाङमा कोरोना संक्रमणबाट आज एक जनाको मृत्युुभएको छ । राप्ती गाउँपालिका लालमटियाका ६३ बर्षिया एक पुुरुषको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा मृत्युभएको हो ।
उनलाई हिजो मात्रै कोरोना संक्रमण पुुष्टि भएको थियो । अहिले दाङका कोरोनाका सकृय बिरामी ७ जना रहेको छन् । ६ जना घरमै रहेका छन् भने एक जना आईसियु सहितको उपचारमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
बैशाख यता जिल्लामा कोरोना संक्रमित हुुनेको संख्या ९ हजार ३ सय २१ जना पुुगेको छ भने ९ हजार ९५ जना निको भएका छन् । यो बिचमा २ सय १९ जनाको कोरोनाका कारण मृत्युभएको छ ।।
प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार