१८ पुस, काठमाडौं – प्रहरीले काठमाडौंको नरेफाँट तरकारी बजारस्थित सडकखण्डबाट एकजनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको खनियाँबास गाउँपालिका-४ घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका-११ लोलाङ बस्ने ४६ वर्षीय लेखबहादुर तामाङ हुन्।
कोटेश्वर प्रहरी प्रभागका इन्सपेक्टर सुरेश भट्टको कमाण्डमा गएको प्रहरी टोलीले तामाङलाई नुफिन, फेनेरगन र डाइजेपाम ८९२ वटा लुकाएको अवस्थामा पक्राउ गरेको हो।
प्रहरीले रोक्न खोजेपछि उनी शंकास्पद गतिविधि गरेर भाग्न खोजेका थिए। तामाङले युगान्तर मिडिया प्रालिको प्रेस लेखिएको परिचयपत्र पनि बरामद गरेको छ।
पत्रकार परिचयपत्र, मोबाइल २ थान र लागुऔषधसहित उनलाई हाल महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखेर लागू औषध नियनत्रण ऐन २०३३ बमोजिम थप कारबाही भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।