२०८१ माघ ४ गते शुक्रवार

माओवादी महाधिवेशन : निर्वाचन कार्यक्रम पुनः संशोधन, उम्मेदवारी दर्ता आज ४ बजेदेखि



१८ पुस, काठमाडौं- नेकपा माओवादी केन्द्रले निर्वाचन कार्यक्रम पुनः संशोधन गरेको छ । पार्टीको आठौं महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि सहमति जुट्न नसक्दा निर्वाचन आयोगले निर्वाचन कार्यक्रम पुनः संशोधन गरिएको जानकारी दिएको हो ।

शनिबार नै निर्वाचन तालिका सार्वजनिक गरिए पनि आइतबार दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता गर्ने भनिएको थियो । तर, आइतबार उम्मेदवारी दर्ता समय ४ देखि ५ बजेसम्मका लागि तय गरिएको छ ।

आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा मतदानको समय भने सोमबार विहान ८ देखि १ : २५ सम्मका लागि तोकिएको छ ।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्