२०८१ मङ्सिर २४ गते सोमवार

मलामी सवार बस दुर्घटना हुदा ७ जनाको मृत्यु,८ जना घाइते



१८ पुस,घोराही – पाल्पामा मलामी सवार बस दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन । लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणले जानकारी दिनुभएको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा पठाइएको खांणले बताउनुभयो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।।

 

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्