१८ पुस,घोराही।
दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता फाईनलका लागि शसस्त्र प्रहरीको एपिएफ र प्रदेश नम्बर एक भिड्ने भएका छन् । आज भएका सेमिफाईनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै विभागीय क्लब एपीएफ र लुम्बिनीलाई १० विकेटले हराउँदै प्रदेश १ फाइलनमा पुगेका हुन् ।
आज भएको पहिलो खेलमा सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपीएफले १५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ७ विकेट गुमाएर ६० रन मात्रै बनाउन सक्यो ।
त्यसैगरी, दोस्रो खेलमा लुम्बिनी प्रदेशले दिएको ५३ रनको सामान्य लक्ष्य प्रदेश १ ले ८ ओभर ५ बलमा कुनै पनि विकेट नगुमाइ भेटायो । अब एपिएफ र प्रदेश १ का खेलाडी विच भोली अन्तीम खेल हुने छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्ने छ । उपविजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५÷२५ हजार रुपैयाँ पाउनेछन् ।।