२०८१ चैत्र १० गते आइतवार

विकासका सपना योजनामा बदलिए : मुख्यमन्त्री पोख्रेल



१८ पुस,घोराही ।
लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले विकासका हिजोका सपनाहरु अहिले योजनामा बदलिएको बताउनुभएको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघको स्वर्णजयन्ती र १६ औँ साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले विकासका सपनालाई योजनामा बदेलेको बताउनुभएको हो ।

हिजो चुनावी एजेण्डा बनेका सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, खेलकुद लगाएत पूर्वाधार एवं विकासका योजनाहरु अहिले कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री पोख्रेलको भनाई छ ।

विकास निर्माणको बिषयमा अब चिन्ता गर्नु नपर्ने भन्दै उहाँले सकारात्मक सोचको विकासमा भने सुधार ल्याउन आबस्यक रहेको बताउनुभयो । कुनै पनि निर्वाचनहरु राजनितिक स्थायीत्व र विकासका लागि हुने भन्दै व्यवसायीहरुलाई राजनितिक द्धन्द्धमा नफस्न आग्रह गर्नुभयो ।

व्यवसायीक हकहित र उपभोक्ता जागरण एवं सामाजिक आर्थिक विकासमा उद्योग बाणिज्य संघले खेलेको भूमिका सम्मान योग्य रहेको बताउनुभयो । साथै मुख्यमन्त्री पोख्रेलले अबको एक महिना भित्र दाङमा औद्योगिक क्षेत्रको घोषणा हुने जानकारी दिनुभयो ।

त्यसैगरी उहाँले प्रदेशको राजधानी अन्तराष्ट्रिय मोडेलको हुने र व्यवस्थित योजनाका साथ अत्याधुनिक शहर निर्माण गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले देशको आर्थिक विकास र सामाजिक रुपान्तरणमा महासंघ सधै कटिबद्ध भएर लागेको बताउनुभयो ।

त्यसैगरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अब देश बनाउने साझा अभियानमा सबै क्षेत्रको हातेमालो हुन आबस्यक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका प्रतिनिधीहरुले लगानी मैत्री बाताबरण र स्थिर राजनिती हुनुपर्ने बताएका छन् ।

अबको साझा एजेण्डा नै आर्थिक, सामाजीक र भौतिक विकास भएको भन्दै स्थिर राजनिति र सरकारको खाँचो रहेकोमा जोड दिएका हुन् । कार्यक्रमको सहजिकरण महासचिब नरेश कार्कीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७७ पुष १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्