२०८१ माघ ५ गते शनिवार

रुकुमको पुथा उत्तरगंगामा भोलि बिहानदेखि मतगणना हुने



१६ मंसिर, दाङ-रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ५३.०५ प्रतिशत मत खसेको छ। ११ हजार १ सय ८० जना मतदानदाता रहेकोमा ५ हजार ९ सय ३१ मत खसेको निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीले जानकारी दिए।

उनले मतदान सम्पन्न भए पनि गाडीमा ३ घण्टा लगाएर मतपेटिका ल्याउनु पर्ने र त्यसपछि फेरि पैदल आउनुपर्ने केही वडा रहेकाले आज रातभरमा मतपेटिका ल्याउने काम हुने बताए।

‘आज मतगणना हुने सम्भावना छैन। सायद भोलि बिहानदेखि गणना सुरु हुन्छ,’ उनले भने, ‘अहिले मतपेटिका संकलनको काम चलिरहेको छ।’

यहाँ गाउँपालिकाको १४ वटा वडामा २२ मतदान केन्द्र रहेका छन्। नेपाल कांग्रेस–एमालेबाट केशकुमारी तुलाचन र माओवादीबाट नरपुरा बुढा उम्मेदवार छिन्।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्