२०८१ माघ ५ गते शनिवार

कीर्तिपुरमा आज राति १० बजेदेखि मतगणना हुने



१६ मंसिर, काठमाडौ‌ं- काठमाडौ‌ंको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको मतगणना आजराति १० बजेदेखि हुने भएको छ। आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदान सकिएसँगै अहिले कीर्तिपुर नगरपालिकाको सभाहलमा सर्वदलीय बैठक जारी छ।

बैठकमा मतगणनाबारे छलफल भइरहेको छ।  मतगणना आज राति १० बजेदेखि नै गर्ने तयारी छ। यहाँ कीर्तिपुर नगर प्रमुख र वडा नम्बर १ र वडा नम्बर ४ को लागि मतदान भएको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्