१६ मंसिर, घोराही- दाङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका(१३ सेवार सृजनशील टोल डेरा गरी बस्ने सल्यान दार्मा गाउँपालिका-६ घर भएका २० वर्षीय कमल बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
कमलले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी भेट्न बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार