२०८१ माघ ४ गते शुक्रवार

घोराही उपमहानगरको पहिलो चौमासीक सार्वजनिक सुुनुुवाई



१५ मंसिर,घोराही –
घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासीक सार्वजनिक सुुनुुवाई गरेको छ । ग्रामिण महिला उत्थान केन्द्र घोराहीको सहजिकरणमा उपमहानगरपालिकाले चार महिनामा गरेका कामहरु सार्वजनिक गर्दै नगरबासीहरुको सुुझाबहरु लिएको छ ।

कार्यक्रममा सूचना अधिकारी भीमबहादुुर चौधरीले कूल बजेटको साढे १३ प्रतिशत रकम खर्च भएको जानकारी दिनुुभयो । चालु तर्फ २४ दशमलब ८९ र पूँजीगत तर्फ १ दशमलब ६८ प्रतिशत रकम खर्च भएको उहाँको भनाई छ । चालु आर्थिक बर्षमा २ अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँ बजेट रहेको र चार महिनामा २९ करोड ९३ लाख ४१ हजार ४ सय ६३ रुपैयाँ खर्च भएको जानकारी दिनुुभयो ।

नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने नागरिकहरुले सडक बनेपछि नाला बनाउने र आवतजावतलाई अस्तव्यस्त पार्ने कामलाई सुुधार्नु पर्ने सुुझाब दिएका छन् ।

सडक निर्माणको मापदण्डलाई कुुल्चेर काम गर्ने र पछि नाला बनाउने तथा विद्युतका पोलहरु सार्दा लगानी खेर जानुुका साथै नागरिकहरुले सास्ती पाउने गरेको बताएका छन् ।

त्यसैगरी, बधशाला छिटो निर्माण गर्नुुपर्ने, समय मै ठेक्का टेण्डर गर्नुपर्ने, बजार क्षेत्रका मुुल सडक बनाउन दवाव दिनुुपर्ने, विभिन्न खोलाहरुबाट हुने ढुंगाजन्य बस्तुुको अबैध निकासी रोक्नुुपर्ने लगाएतका विषयमा ध्यान दिन नागरिकहरुले सुुझाब दिएका छन् ।

कार्यक्रममा कार्यबहाक नगर प्रमुख न्यौपानेले एकीकृत ढंगले काम हुन नसक्दा सडक निर्माणमा समस्याहरु आएको बताउनुुभयो । साथै बजार क्षेत्रका सडक संघ सरकारले मर्मत तथा स्तरउन्नती गर्नुपर्ने भए पनि सडक कार्यालयले ध्यान नदिदा समस्या भएको उहाँको भनाई छ ।

त्यसैगरी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले नगरका योजनाहरुलाई समयमै ठेक्का सम्झौता गर्ने काम भएको भन्दै जनस्तरबाट योजना सम्पन्नमा सहयोगी भूमिका खेल्न नगरबासीलाई आग्रह गर्नुभयो ।

नागरिकहरुले राखेका जिज्ञासाका बारेमा वडा अध्यक्ष तथा महाशाखा र शाखा प्रमुखहरुले जवाफ दिनुुभएको थियो । नगरको सेवा प्रबाहका बिषयमा ग्रामिण महिला उत्थान केन्द्रका शिबा चौधरीले जानकारी गराउनुुभएको थियो भने कार्यक्रमको सहजिकरण पार्वती बस्नेतले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्