२०८१ माघ १२ गते शनिवार

रुकुम पूर्व : मालपोत कार्यालयमा इन्टरनेट नचल्दा सेवाग्राही समस्यामा



१५ मंसिर,रुकुम – रुकुम पूर्वको मालपोत कार्यालयमा इन्टरनेट नचल्दा सेवाग्राहीले समस्या भोग्नु  परेको छ । टाढा टाढाबाट सेवा लिन पुगेका सेवाग्राही होटलमा बस्न बाध्य भएका छन् । एक दिनको काम हप्ता दिनसम्म नहुँदा खर्च बढेको उनीहरुको गुनासो छ । ‘यहाँ आएकाे ६ दिन भयो तर काम अझै भएको छैन’ सिस्ने गाउँपालिका वडा नम्बर ५ बाट आउनुभएका टिकाराम कार्कीले भन्नुभयो, ‘दिनभर कतै काम भइहाल्छ कि भनेर कार्यालयमा कुर्नेहरु धेरै छन् ।’

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ र २, पुथाउत्तरगंगा गाउँपालिकाबाट समेत २/ ३ दिनसम्म हिँडेर मालपोत कार्यालय पुगेका सेवाग्राही थप मारमा परेका छन् । सरकारी सेवाको लागि कार्यालयमा आएर हप्तौँ कुर्दा पनि काम नभएको भन्दै सेवाग्राहीले आफूहरु अप्ठ्यारोमा परेको बताएका छन् ।

बैंक ग्यारेन्टी, धितो, जग्गा पास लगाएतका कामहरु लिएर मालपोत पुगेका सेवाग्राहीहरुसधैँ रित्तो हात फर्कनु परेको छ ।  मालपोत कार्यालयका प्रमुख मोहनलाल केसीले सेवाग्राहीको समस्यालाई बुझ्दाबुझ्दै पनि इन्टरनेटको समस्याले काम गर्न नसकिएको बताउनुभयो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्